नागरिक लगानी कोषको अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण
पाेखरा | साउन ६, २०७९
पोखरा: नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सुरुवात गरेको हो ।
सोही अवसरमा कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग पनि हस्तान्तरण गरेको छ । कोषले १० थान जार, १० थान डिस्पेन्सर, जार र डिस्पेन्सर राख्ने स्टीलको स्ट्याण्ड २ थान र मेटलको स्ट्याण्ड ८ थान विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको हो । सहयोग पाउने संघसंस्थाहरुमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय रामबजार, ट्राफिक प्रहरी कार्यालय पृथ्वीचोक, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की र जिल्ला अदालत कास्की रहेका छन् । उक्त सामाग्री नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुुख जिल्ला अधिकारी आचार्यले कोषले निकै नै राम्रो योजनाहरु ल्याएकोले त्यसमा सहभागी भएर लगानी गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो । आफ्नो लगानीको भरपर्दो माध्यम नागरिक लगानी कोष रहेको उहाँको भनाई छ । उहाँले कोषले प्रदान गरेको समाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो ।
नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कोषले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न काठमाण्डौँ धाउनुपर्ने बाध्यता नरहेको जनाउँदै, पोखरा कार्यालयवाट केन्द्रको सबै सेवा पाउन सकिने बताउनुुभयो । उहाँले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशिलता ल्याउन कोषको स्थापना तथा सञ्चालन गरेको जानकारी दिनुुभयो ।
सोही अवसरमा कृषि विकास बैँक लि. प्रादेशिक कार्यालयका प्रमुख घनेन्द्र अधिकारी, गण्डकी मेडिकल कलेजका सहप्राध्यापक प्रमिला पौडेल, नेपाल विद्युुत् प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केदारराज सिलवाल, महावीर गण एयरपोर्ट व्यारेकका गणपती सन्तोष चन्द, युवा उद्यमी तथा समाजसेवी प्रवेश चन्द उप्रेती लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षणमा विभिन्न क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कोषले हाल कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, पूजीँ बजार सम्बन्धि सेवा, घरकर्जा तथा सरलकर्जा जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त योजना तथा कार्यक्रममा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताहरुले अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सक्ने कोषले जनाएको छ ।
सोही अवसरमा संस्थाका अफिसर हरिशचन्द्र श्रेष्ठले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण तथा डेमो प्रस्तुत गर्नुभएको थियो । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गर्नुभएको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

